महिनावारीमा तीन दिन बिदा दिने तयारीमा स्पेन

File photo
File photo

 स्पेनले महिनावारीको कडा दुखाइबाट पीडित महिलाहरूको लागि मेडिकल बिदा दिने योजना बनाएको छ। संसदमा प्रस्ताव गरिएको एउटा मस्यौदा विधेयकमा महिलाहरूलाई महिनामा तीन दिन बिदा दिन सक्ने उल्लेख छ। 

 सञ्चार माध्यममा चुहावट भएको सो मस्यौदाबारे संसदमा छलफल भइरहेको छ। विद्येयक पारित भएमा यस्तो प्रावधान कायम गर्ने स्पेन युरोपमै पहिलो देश हुनेछ। विश्वका केही थोरै देशहरूमा मात्र यस्तो कानुन छ। वृहत प्रजनन् स्वास्थ्य सुधार र गर्भपतनसम्बन्धी विस्तार गर्दै पछिल्लो कानुन ल्याउन लागिएको हो। 

यो विद्येयक केही साताभित्र मन्त्रिपरिषद्मा पेस गरिने स्पेनी सञ्चार माध्यमहरूले जनाएका छन्। पीडादायी महिनावारी अवधिको लागि तीन दिनको बिरामी बिदा डाक्टरको सिफारिसमा अनुमति दिइनेछ। तीव्र वा असक्षम पीडाको लागि पाँच दिनसम्म विस्तार गर्न सकिनेछ। 

तर, हल्का पीडा भोग्नेहरूलाई यो नियम लागू  हुने अपेक्षा गरिएको छैन। साे मस्यौदा महिनावारीलाई स्वास्थ्य अवस्थाको रूपमा व्यवहार गर्ने फराकिलो दृष्टिकोणको एउटा हिस्सा बताइएको एल पेसले जनाएको छ। 

मस्यौदामा बच्चा जन्माउनुअघि विस्तारित तलबी मातृत्व बिदा र समानता मन्त्री इरेन मोन्टेरोले यस वर्षको सुरुमा उल्लिखित गर्भपतन कानूनमा परिवर्तनहरू पनि समावेश छन्। 

त्यस्तै, १६ देखि १७ वर्षका  किशोरीले अभिभावकको अनुमतिबिना गर्भपतन गर्न पाउने प्रस्ताव गरिएको छ।

प्रकाशित मिति: : 2022-05-24 12:56:00

प्रतिकृया दिनुहोस्