भारतमा कोभिडबाट एकैदिन ४६ जनाको मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली
Tribuneindia

भारतमा पछिल्लो २४ घन्टामा २ हजार २२ जनामा कोभिड संक्रमण देखिएको छ। योसँगै कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ।

केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८३२ रहेको छ। यो कुल संक्रमितको शून्य दशमलब ०३ प्रतिशत हो। मन्त्रालयका अनुसार कोभिडबाट निको हुने समग्र दर ९८ दशमलब ७५ प्रतिशत छ।

त्यस्तै, पछिल्लो २४ घन्टामा ४६ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ४५९ जना पुगेको छ। भारतमा पछिल्लो समयमा कोभिड संक्रमितको संख्या फेरि बढेको छ।

प्रकाशित मिति: : 2022-05-24 07:47:00

प्रतिकृया दिनुहोस्