किन भयाे मत गन्न ढिला ? (भिडियाे)

शनि शाक्य

काठमाडौं

गत वैशाख ३० गते भएकाे स्थानीय तह निर्वाचनकाे मतगणना जारी छ।

चुनाव सकिएकाे चार दिन बितिसक्दा पनि केही स्थानहरूकाे मात्रै मत परिणाम सार्वजनिक भएकाे छ। काठमाडाैँ उपत्याकाका तीन जिल्ला पनि अहिले मत गन्ने काम धमाधम चलिरहेकाे छ।

हालसम्म २/४ वटा पालिकाकाे मतगणना मात्रै सकिएकाे छ। देशभर १ लाख ५० हजार ९५ सय ९४ जनाले उम्मेवदार दिएका थिए। ती मध्ये केही बाहेक अधिकांश उम्मेदवारसँगै मतदाताहरू अन्तिम नजिताजकाे प्रतीक्षामा छन्।

ती प्रदीक्षारत सबैकाे आवाज छ, मतगणनामा ढिलाई भयाे। निर्वाचन आयाेगले पनि प्राविधिक कारणले गर्दा मतगणनामा ढिला भएकाे स्वीकार गरेकाे छ।

यसै बीच ललितपुर महानगरकाे मतगणनास्थल जावलाखेलमा बिएल नेपाली सेवाकाे टाेली पुग्दा पनि यहाँ सहभागीले तथा प्रतिनिधिहरूले पनि मत गन्न ढिला भएकाे बताएका छन्।

विगतमाभन्दा सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न खाेज्दा, मतगणनास्थल उचित स्थानामा नहँदा र कर्माचारीकाे अभावका कारण मतगणनामा ढिला भएकाे उनीहरूकाे भनाइ छ। प्रस्तुत छ, यस विषयमा जनप्रतिनिधिहरूले दिएकाे धारणा। (भिडियाे)

प्रकाशित मिति: : 2022-05-17 17:35:00

प्रतिकृया दिनुहोस्