सरकारले एकैपटक पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ बढायो

स्थानीय तहको निर्वाचन सम्पन्न गरेकै भोलीपल्ट सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको बढाएको छ। वाणिज्य सचिव डाक्टर गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको निर्णय गरेको हो।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमले जनाएको छ।

प्रकाशित मिति: : 2022-05-14 20:43:00

प्रतिकृया दिनुहोस्