भारतमा आगलागीमा परी २० जनाको मृत्यु

file photo
file photo

भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २० जनाको मृत्यु भएको छ। 

भारतीय राजधानी नयाँ दिल्लीको मुन्डका मेट्रो स्टेशनमा रहेको एक भवनमा शुक्रबार राति आगो लागेको थियो।

त्यस आगलागीमा परी अरु कम्तीमा पनि ४० जना जलेर घाइते भएका छन्। भने घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छन्।

घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। भर्ना भएकाहरुको अवस्था कतिपयको गम्भीर रहेकाले यस दुर्घटनामा परेर ज्यान जानेको संख्या बढ्न सक्ने पनि अधिकारीहरुले जनाएका छन्।

प्रकाशित मिति: : 2022-05-14 14:54:00

प्रतिकृया दिनुहोस्