महिन्दा राजापाक्षे श्रीलंकाबाट भागेर भारत छिरेका हुन् !

बिएल संवाददाता

नयाँ दिल्ली
Photo: PTI
Photo: PTI

श्रीलंकाको पछिल्लो अवस्था अनियन्त्रित बन्दै गएको छ। प्रदर्शनकारीहरू झन्–झन् उग्र हुँदै गएका छन्। आन्दोलन रोक्न झन्झटिलो भएपछि रक्षा मन्त्रालयले सार्वजनिक सम्पत्ति तोड्फोड गर्नेलाई गोली हान्न आदेश दिएको छ।

आर्थिक संकटले टाट पल्टिएपछि श्रीलंकाली जनता तीव्र आक्रोषित बनेका हुन्। उनीहरू दिनदिनै हिंसात्मक बनिरहेका छन्। प्रदर्शनकारीहरू सत्ताधारी ‘राजापाक्षे परिवार’प्रति भौतिक रूपमा खनिएका छन्। सामाजिक सञ्जालमार्फत् अफवाह फैलाइरहेका छन्।

उनीहरूले साेमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएर घरभित्रै थन्किएका महिन्द्रा रापापाक्षेलाई श्रीलंकाबाट भागेर भारत पुगेको नक्कली सूचना बाँडिरहेका छन्। राजापाक्षेको घरलाई प्रदर्शनकारीले जलाइदिएपछि पूरै देशमा कफ्र्यु जारी गरिएको छ। 

यता श्रीलंकामा रहेको भारतीय उच्चायोगले राजापाक्षेविरूद्धको सामाजिक सञ्जालको हल्लालाई ‘नक्कली र बिल्कुलै गलत’ भनेको छ। राजापाक्षे परिवारसहित भागेर दिल्ली छिरेको अफवाहसँगै भारतीय सञ्चारमाध्यममा छ्याप्पछ्याप्ती समाचार बनेका छन्। उच्चायोगले भन्यो, ‘यो झुटो र नितान्त गलत समाचार हो, जसमा कुनै सत्यता छैन।’

श्रीलंकामा चर्को आर्थिक संकटका कारण सरकार विरोधी प्रदर्शन चर्किरहेको बेला उनले सोमबार मात्रै प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएको बताइन्छ। देशको डरलाग्दो आर्थिक संकटलाई लिएर सरकारविरोधी र समर्थकबीचि कुटाकुट भएपछि हिंसा भड्किएको थियो। जसमा आठ जनाको मृत्यु भयाे।

राष्ट्रपति गोटाबाया राजापाक्षेले मानिसहरूलाई हिंसा बन्द गर्न आग्रह गरेका छन्। तर प्रदर्शनकारीहरूले उनकै राजीनामा मागिरहेका छन्। हालसम्म कोलम्बो र देशका अन्य भागमा भएको हिंसामा करिब २५० जना घाइते भएका छन्।

प्रकाशित मिति: : 2022-05-11 06:55:00

प्रतिकृया दिनुहोस्