खाना वितरण पार्सलमा सर्पको छाला फेला पारेपछि...

बिएल संवाददाता

नयाँ दिल्ली
File photo
File photo

हालै एक ग्राहकले आफ्नो खाना वितरण पार्सलमा सर्पको छाला फेला पारेपछि केरलाको एउटा होटेल बन्द गरिएको थियो।  यही ५ मेमा आमा र छोरीले होटलबाट खाना अर्डर गर्ने क्रममा सर्पको छाला फेला परेको इन्डिपेन्डेन्टले जनाएको छ।  

तिरुवनन्तपुरमको नेदुमंगडु क्षेत्रको एक होटल रेस्टुरेन्टबाट किनेको परौठा प्याक गर्न प्रयोग गरिएको कागजमा उनीहरूले सर्पको छाला फेला पारेका थिए।  प्रिया नाम गरेकी आमाले आफू र छोरीलाई खाजाका लागि दुई पिस परौठा र केही चटनी मगाएका थिए।  

छोरीले आफ्नो भागको परौठा सकिसकेपछि आफूले खान लाग्दा उनले र्‍यापिङ पेपरमा सर्पको छालाको अंश फेला पारिन।  तुरुन्तै प्रियाले प्रहरीलाई सम्पर्क गरिन्।  प्रहरीको निर्देशनमा उनले खाद्य सुरक्षा अधिकारीहरूलाई जानकारी गराएकी थिइन्।  

प्रकाशित मिति: : 2022-05-09 15:19:00

प्रतिकृया दिनुहोस्