बिरालोलाई लात हान्दा १० वर्ष जेल सजाय !

File photo
File photo

इभिया टापुको समुद्री किनारको रेस्टुरेन्टमा तीन जना मानिस बाहिर खाना खाइरहेका छन्। दुई ओटा बिरालाका बच्चा उनीहरू नजिकै आएर खानेकुरा माग्छन्।

तीमध्ये एक जनाले एउटा माछोलाई झुन्डाएर बिरालोलाई नजिक आउन लोभ्याउछ। जब बिरालो छेउमा आउछ, अर्का व्यक्तिले लात्तीले हानेर समुद्र किनरमा खसालिदिन्छन्। 

लगत्तै, दोस्रो बिरालो त्यहाँबाट उम्किन्छ र एक महिला हाँसेको भिडियोमा सुन्न सकिन्छ। तत्कालै स्थानीयले बिरालोलाई पशु चिकित्सककहाँ पुर्याउँछन्। धन्य बिरालोलाई खासै चोट लागेको हुँदैन। यो घटना हो ग्रीसको एउटा रेस्टुरेन्टको। 

रेस्टुरेन्टमा बिरालाको बच्चालाई लात हानेर समुन्द्रमा हानेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पशु दुव्र्यवहारको आरोप लागेर दोषी  ठहर भएमा उनलाई १० वर्ष जेल सजाय र ५० हजार युरो जरिवाना हुनेछ।

उक्त भिडियोले ग्रीसमा सामाजिक सञ्जालमा आक्रोश मच्चाएपछि ती व्यक्तिलाई पक्राउ गरिएको थियो। ग्रीसका प्रहरी मन्त्रीले ‘जन्तु विरुद्धको हिंसा अस्वीकार्य’ भन्दै दोषीलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

‘म यस विषयमा जनताको ध्यानाकर्षण गराउनेहरूलाई हार्दिक धन्यवाद दिन्छु’, टाकिस थिओडोरिकाकोसले भने। 
 

प्रकाशित मिति: : 2022-05-04 11:03:00

प्रतिकृया दिनुहोस्