सुनको मूल्य ९७ हजार दुई सय

file photo
file photo

सुनको भाउ मंगलबार प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ। सोमबार सुन तोलाको ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ भने स्थिर नै रहेको छ। सोमबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ।

प्रकाशित मिति: : 2022-05-03 10:59:00

प्रतिकृया दिनुहोस्