इक्वेडरमा अपराध नियन्त्रण गर्न संकटकाल घोषणा

Infobae
Infobae

बढ्दो अपराधका कारण इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले पश्चिमी तीन प्रान्तमा संकटकाल घोषणा गरेका छन्।

गुयास, मनाबी र एस्मेराल्डासमा संकटकाल घोषणा गरिएको हो। शान्ति र व्यवस्था लागू गर्न ती प्रान्तमा कर्फ्यू लगाइने र हजारौं सुरक्षाकर्मी परिचालन गरिने भएको छ। 

इक्वेडरमा हत्या र गिरोहसँग सम्बन्धित अपराधमा तीव्र वृद्धि भएको छ। राष्ट्रपति लासोले गत वर्ष पदभार ग्रहण गरेपछि हिंसा रोक्न आपतकालीन शक्ति प्रयोग गरेको यो दोस्रो पटक हो। 

सडकमा ठूलो संख्यामा सुरक्षा फौज परिचालन गरिने लासोले बताएका छन्। चार हजार प्रहरी अधिकारी र इक्वेडरको सशस्त्र बलबाट ५ हजार सैनिक तीनै प्रान्तमा तैनाथ गरिने उनले बताए। निश्चित क्षेत्रमा कर्फ्यू लगाइने भएको छ। 

‘समाज निस्कृय बनाइने छैन’ उनले ट्विट गरेका छन्, ‘आपराधिक गिरोहहरू सामू शान्तिलाइ कहिल्यै बलिदान दिइने छैन। ’

प्रकाशित मिति: : 2022-05-01 11:22:00

प्रतिकृया दिनुहोस्