सुनको मूल्य ९९ हजार तीन सय रुपैयाँ

सुनको भाउ मंगलबार तोलामा नौ सय रुपैयाँले घटेका छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ। चाँदीको भाउ भने स्थिर नै छ। सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति: : 2022-04-26 11:27:00

प्रतिकृया दिनुहोस्