हावाहुरीले टावर ढलेपछि रेडियोको प्रसारण अवरुद्ध

पश्चिम चितवनको यज्ञपुरीमा रहेको रेडियो भरतपुरको प्रसारण बन्द भएको छ। शुक्रबार साँझ आएको  हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेपछि प्रसारण अवरुद्ध भएको हो। 

भरतपुर महानगरपालिका–५ यज्ञपुरीमा रहेको रेडियोमा हावाहुरीका कारण रु १५ लाखको क्षति भएको रेडियोका अध्यक्ष नविनराज पौडेलले बताए।

हावाहुरीले टवरसँगै सोलार प्यानल समेत उडाएको उनले बताए। एक महिनाअघिमात्रै रेडियो आफ्नै भवनमा सारिएको थियो। सो क्रममा टावर पनि नयाँ जडान गरिएको थियो।

प्रकाशित मिति: : 2022-04-23 11:35:00

प्रतिकृया दिनुहोस्