बिएल संवाददाता
लाेकप्रिय गायक कुलेन्द्र विश्वकर्मा ‘प्रबल जनश्री पदक’बाट सम्मानित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार गायक विश्वर्मालाई ‘प्रबल जनश्री पदक’ प्रदान गरेकी हुन्।
गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषित मानपदवी विभूषण आज प्रदान गरिएको हो।
लामाे समयदेखि नेपाली सांगीत क्षेत्रमा सक्रिय विश्वकर्मा सयाैँ गीत कराेडाैँ नेपालीकाे मनमा बस्न सफल छन्। लाेक गायकका रूपमा स्थापित उनकाे ‘सालकाे पात’ गीत पछिल्लाे समयकाे सबैभन्दा चर्चित गीत हाे।
उनका ‘नजाउ है सानु पँधेरीमा’, ‘रुमाल हल्लाई हल्लाई’, ‘डाँडै फुर्के सल्लो’लगायत दर्जनाैं चर्चामा छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया