केजरीवालको घर बाहिर तोडफोड घटनामा ८ जना जमानतमा छुटे

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घर बाहिर विरोध प्रदर्शन र तोडफोडमा सहभागी मध्ये ८ जनालाई हाई कोर्टले जमानत दिएको छ। 

न्यायाधीश आशा मेननको इजलासले मंगलवार यस्तो आदेश दिएको हो। उनीहरुले सार्वजनिक सम्मपत्तिमा क्षति नपुर्याएको फैसलामा उल्लेख गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

केजरीवालले फिल्म ‘द कश्मीर फाइल्स’ लाई लिएर दिएको अभिव्यक्तिपछि भारतीय जनता युवा मोर्चाका कार्यकर्ताले उनको घर बाहिर बिरोध प्रदर्शन गरेका थिए क्रममा कयौं कार्यकर्ता पक्राउ परेका थिए।

प्रकाशित मिति: : 2022-04-13 21:48:00

प्रतिकृया दिनुहोस्