सुनको मूल्य ६ सयले बढ्यो

file photo
file photo

नेपाली बजारमा बुधबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको छ।
मंगलबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ।  

चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ। मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-13 11:06:00

प्रतिकृया दिनुहोस्