वातावरणमैत्री निर्माण सामाग्रीको प्रयोगमा जोड

वातावरणमत्री निर्माण सामाग्रीको प्रयोगमा एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन्।इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले मंगलबार भक्तपुरमा नववर्ष २०७९ को अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन्।

कार्यक्रममा संस्थाका अध्यक्ष विश्वराम कवांले नयाँंवर्ष २०७९ वातावरणमैत्री निर्माण सामाग्रीको वर्ष होस् भनी कामना गरे। उनले निर्माण सामाग्रीमा हरित क्रान्ति होस् भनी कामना पनि गरे , प्राकृतिक विनाश गरेर उत्पादित निर्माण सामाग्री भन्दा प्रकृतिलाई संरक्षण गरी बनेका निर्माण सामाग्रीको प्रयोग गर्न उनले जोड दिए। प्रालिको कर्पाेरेट अफिस राधेराधे भक्तपुरमा नयाँंवर्ष २०७९ को अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष कवांले २०७९ साल वातावरणको संरक्षण गरी बनेका इको प्यानलको प्रयोगमय वर्ष होस् भनी कामना गरे।

निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने मुल नाराका साथ प्रालिले गोर्खा इको प्यानलको उत्पादन गर्दै आएको छ। कार्यक्रममा प्रालिका निर्देशकद्धय कृष्णराम देउपाला, हरिराम बुयोले अहिलेको युग आधुनिक निर्माण सामाग्री प्रयोग गर्ने युग भएको बताए। गोर्खा इको प्यालनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां, महाप्रबन्धक जीवन खाइतूले गोर्खा इको प्यानल देशका ७० जिल्लामा पुगेको जानकारी गराए। गोर्खा इको प्यानल इन्टरनेशनल ग्रीन डेभलपर्स प्रालिद्धारा उत्पादित नयाँं निर्माण सामाग्री हो । यो स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो।

भूकम्प प्रतिरोधी, हलुका, वातावरणमैत्री भएकाले यसको लोकप्रियता देशभरि नै छ।

प्रकाशित मिति: : 2022-04-12 18:41:00

प्रतिकृया दिनुहोस्