खार्किभमा रुसी सेनाको हमलामा ७ जनाको मृत्यु, ३४ घाइते

File Photo
File Photo

आइतबार युक्रेनको दोस्रो ठूलो सहर खार्किभको आवासीय क्षेत्रमा रुसी सेनाको हमलामा सात जनाको मृत्यु भएको छ। हमलामा कम्तीमा ३४ जना घाइते भएका छन्।

स्थानीय समयअनुसार साँझ ६ः०० बजे रुसी आक्रमणकारीहरूले खार्किभको स्लोबोडा जिल्लामा रहेका आवासीय भवनहरूमा गोलाबारी गरेका थिए। गोलाबारीमा करिब १० घर र एउटा ट्रलीबस डिपोमा क्षति भएको जनाइएको छ। 

‘हमलामा सात जनाको मृत्यु भएको र तीन बालबालिकासहित ३४ जना घाइते भएका छन्’, खार्किभको क्षेत्रीय अभियोजकको कार्यालयले भनेको छ।
रुसको सिमानानजिक रहेको उत्तर–पूर्वी युक्रेनको खार्किभमा २४ फेब्रुवरीमा रुसी सेनाले हमला गरेपछि ठूलो क्षति भएको छ।

रुसी सेनाले युक्रेन आक्रमणको आकार घटाउने बताए पनि गोलाबारी रोकिएको छैन्। राजधानी किभ र बुचा सहरबाट भने रुसी सेना पछि हटेको बताइएको छ।

प्रकाशित मिति: : 2022-04-04 13:30:00

प्रतिकृया दिनुहोस्