सल्यानमा रातिमा ड्युटी बसेका प्रहरी जवान मृत फेला परेका छन्।
ईलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी गएराति १० बजेदेखि २ बजेसम्म कार्यालयको मुख्य ढोकामा ड्युटीमा बसेका थिए।
उनी आज (मंगलबार) बिहान कार्यालय नजिकै रहेको भगतवी खोला जाने नालामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवम् प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।
मृतक प्रहरी जवान केसीको छाङगोबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। उनको घर पश्चिम रुकुमको मुसिकोट नगरपालिका वडा नं. १३ छिवाङ हो।
विहान स्थानीय एक महिलाले मृत प्रहरी जवानको शव देखेकी थिइन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया