सुनको मूल्य ९९ हजार दुई सय रुपैयाँ 

नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ।

सोमबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार ९९ हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ। सोमबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७० रुपैयाँमा निर्धारण भएको छ।

प्रकाशित मिति: : 2022-03-29 11:21:00

प्रतिकृया दिनुहोस्