रूस–युक्रेन युद्धकाे एक महिना : हजाराैँकाे मृत्यु, लाखाैँ मानिस बिचल्लीत

Photo - REUTERS
Photo - REUTERS

रूसले युक्रेनमाथि आक्रमण गर्न सुरू गरेकाे आज (बिहीबार) एक महिना पुगेका छ। गत फेब्रुअरी २४ तारिखबाट रूसले युक्रेनमाथि आक्रमण सुरू गरेकाे थियाे। एक महिना बितिसक्दा पनि युक्रेन–रुस युद्धको अन्त्य हुन सकेको छैन।

याे एक महिना लामाे युद्धमा दर्जनाैं सहर ध्वस्त हुनुका साथै हजाराैँ मानिसहरूकाे मृत्यु भएकाे छ। भने, लाखाैँ युक्रेनीहरू शरणार्थी बन्न पुगेका छन्।

फेब्रुअरी २४ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु गरेका थिए। दोस्रो विश्वयुद्धपछि युरोपमा सबैभन्दा ठूलो आक्रमणका रूपमा मानिएकाे याे युद्धमा पश्चिमले हस्तक्षेप गरे आणविक वृद्धिको सम्भावनालाई संकेत समेत पुटिनले गरेका थिए।

रुसी सशस्त्र सेनाले युद्धको पहिलो हप्तामा बिजुलीको आक्रमण गरेर युक्रेन कब्जा गर्न नसकेपछि तोपखाना, हवाई हमला र मिसाइलहरूका साथ सहरहरूमा बमबारीसम्म गरिरहेका छ। अस्पताल, गिर्जाघर र आवाससहित नागरिकमाथि निरन्तर प्रहार गरिरहेकाे छ। जसलाई संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेका छन्।

रुसी सेनाले राजधानी कीभमा बारम्बार हमला गरेको छ। तर, सहरलाई कब्जा गर्ने भने असफल भएको छ।

युक्रेनी अधिकारीहरूका अनुसार घेराबन्दी गरिएको दक्षिणी बन्दरगाह सहर मारिउपोल सबैभन्दा बढी प्रभावित भएको छ। पछिल्ला हप्ताकाे बमबारीले कम्तिमा २ हजार ३ सय मानिसको ज्यान जानुका साथै धेरै सहर ध्वस्त भएका छन्। करिब एक लाख मानिसहरू पानी, बिजुलीलगायत खाद्यान्न अभावमा बाँच्नु परेकाे छ।

हालसम्म रूसले एउटा प्रमुख सहर खेरसन आफ्नाे कब्जामा लिएकाे छ। 

युद्धको मृत्युको संख्या यकिन भएकाे छैन तर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की (जो राष्ट्रिय प्रतिरोधको प्रतीक बनेका छन्) ले बुधबारसम्म करिब १ सय २१ बालबालिकासहित हजाराैँ मानिसहरू मारिएकाे बताएका छन्।

युक्रेनले ४ हजार रुसी सैनिक मारेको र सयौं ट्याङ्क, सशस्त्र सवारी साधन, तोपखाना र विमान नष्ट गरेको बताएको छ। अमेरिकी मूल्याङ्कनले पनि कम्तिमा ७ हजार रुसीको मृत्यु भएको अनुमान गरेको छ।

संयुक्त राष्ट्रसंघका अनुसार ३.६ मिलियन भन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेका छन्। र, थप ६.५ मिलियन युक्रेनभित्र विस्थापित भएका छन्।

युद्धले विश्वव्यापी अर्थतन्त्र र भूराजनीतिक व्यवस्थालाई पनि ध्वस्त पारेको छ।

एजेन्सी

प्रकाशित मिति: : 2022-03-24 06:09:00

प्रतिकृया दिनुहोस्