ललितपुरमा सरसफाई कार्यक्रम सम्पन्न

शनि शाक्य

काठमाडौँ

ललितपुर महानगरपालिका वडा नं–१२ सौगलस्थित सार्वजनिक पाटी तथा हिटी परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको छ। 

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी प्रभाग मगंलबजालगायत स्थानीय टोल सुधार समितिहरुको आयोजनामा सो कार्यक्रम शनिबार सम्पन्न भएको हो। 

‘हर प्रहर, गाउँ र नगरी । टोल टोलमा नेपाल प्रहरी’ भन्ने व्यानरका साथ शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सरसफाई कार्यक्रम गरिएको महानगरीय प्रहरी प्रभाग मंगलबजार ललितपुरका कार्यालय प्रमुख रामकृष्ण श्रेष्ठले बताए। 

 

प्रकाशित मिति: : 2022-03-20 11:51:00

प्रतिकृया दिनुहोस्