सेयर बजार १७ अंकले ओरालो

File photo
File photo

सेयर बजार मंगलबार १७ अंकले ओरालो लागेको छ।सोमबार नेप्सेको सफ्टवेयरमा समस्या आएको भन्दै बन्द भएको बजार मंगलबार १७.१५ अंकले घटेर २६५० अंकमा बन्द भएको  हो।नेप्सेमा मंगलबार तीन अर्ब ३६ करोड ४२ लाख कारोबार भएको छ।

सोमबार बजार सफ्टवेयर मा समस्या देखिँदा शून्य दशमलव १५ अंकले घटेको थियो।आइतबार १०१ अंकले बढेर हरियाली छाएको बजारमा सोमबारको बजारमा केही करेकसन् देखिएको हो। 

मंगलबारको बजारमा लाईफ इन्स्योरेन्स, नन् लाईफ इन्स्योरेन्स , होटल सेक्टरमा का सेयरधनीले नाफा कमाउदै म्यानुफक्चर र माइक्रो फाइनान्सका सेयरधनीले गुमाएका छन्।  

मंगलबार इमर्जिङ नेपाल कम्पनीको सेयर सर्किट मूल्यमा बढेको थियो भने नेपाल टेलिकमका सेयरधनीले ५.१३ प्रतिशत गुमाएका छन्। सबैभन्दा धेरै नेपाल टेलिकम अपि पावर कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कारोबार भएको छ।

प्रकाशित मिति: : 2022-03-15 16:31:00

प्रतिकृया दिनुहोस्