सुनको मूल्य एक लाख दुई हजार ८०० रुपैयाँ

File Photo
File Photo

साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ।  

चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ। शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको छ।

प्रकाशित मिति: : 2022-03-13 11:02:00

प्रतिकृया दिनुहोस्