रुसबाट हिँडेका ११ नेपाली लिथआनिया र बेलारुसको जंगलमा अलपत्र

Photo - Agency
Photo - Agency

रुसबाट हिँडेका ११ जना नेपाली लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन्। उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिबार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरको हुन्।

उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ। सम्पर्ककर्ता मध्येका एक सुभाव कुँवरले ह्वास्स एपमार्फत आफ्नो उद्धारको लागि अनुरोध गरेका थिए।

जर्मनीको लागि नेपाली राजदुत रामबाबु खड्काले ती नेपालीहरु युक्रेन युद्ध पीडित नभएर अन्य विचौलियामा मार्फत युरोप छिर्न हिडेको हुने सक्ने आशंका गरे।

खड्काले उनीहरुको खोजीको लागि रुसस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनीहरुसँग सम्पर्क स्थापित गर्न खोजिएको जानकारी दिए। उनीहरुले रुसमा विगत केही बर्षदेखि बसोबास गर्दै आएको समेत बताएका थिए।

प्रकाशित मिति: : 2022-03-13 09:15:00

प्रतिकृया दिनुहोस्