नेपाल इञ्जिनियर एशोसिएशन ३३औँ कार्यकारणी समितिका लागि लोकतान्त्रिक समूहबाट सदस्यमा उम्मेदवारी दिएकी कुशलता न्यौपानेलाई)
प्रिय साथी कुशलता। तिम्रो स्वास्थ र कर्ममा पनि कुशल मंगल नै छ भन्ने आश गरेको छु र पहिलाे नारी दिवसको शुभकामना है। (म बुझ्ने भएदेखि नै यो देशमा नारीको हालत सधैं एउटै देखेको छु। त्यसैले मलाई हरेक नारी दिवस पहिलो हो जस्तै लाग्छ।)
साथी पत्र लेखी हाल्नु पर्ने खास कारण त केही थिएन। नेपाल इञ्जिनियर एशोसिएशन ३३औँ कार्यकारणी समितिका लागि तिमीले लोकतान्त्रिक समूहबाट सदस्यमा उम्मेदवारी दिएको खबर सुन्न पाएँ। हेर्न पाएँ। खुशी छु। तिमी जत्तिको नारी त्यहाँ पुग्नै पर्नेछ।
ठुला नेतालाई यसरी खुल्ला पत्र लेखेको देखेको थिएँ। त्यसैको सिको गर्दैछु। तिमी अहिले ने.ई.ए मा सदस्यमा उठ्दा यो पत्र नलेखे पनि हुने हो।भोलि तिमी त्यहाँ पुग्दा यसरी पत्र लेखे मतलबले लेखेको पत्र हुन्छ भन्ने लागेर यो पत्र आजै लेखेको हुँ। यो पत्र लेख्नुको खास कारण तिमिलाई हिजोका केही कुरा याद गराउनुछ।
२०६८ सालको अन्त्य-अन्त्य तिरको कुरा हो सायद। एकदिन कोटेश्वरको कुनै चिया पसलमा मजस्तै एक दुब्लो-पातलो मान्छेसँग मै ठोक्किन पुगेँ। उ कविता गर्थ्यो। उ अर्थात् सङम भुसाल। म गजल गर्थेँ। म अर्थात् MP careless।
हामी साथी बन्यौं।
सङम भुसालले म अर्थात् careless लाई होश पूर्वक डोराई-डोराई पुल्चोक क्याम्पसको library को उत्तर पट्टीको अँध्यारो कोठामा लग्यो। कोठा दिउँसै रात परे जस्तो।
त्यहीँ भेटिएका थिए अमृत ज्ञवाली, उमेश धिताल, महेश न्यौपाने, प्रकाश प्रायः, शिव भुसाल, बिनोद भण्डारी, अशोक र तिमी पनि। सबै दुब्ला। सबै कवि। गज्जब भएको थियो साथी त्यस दिन अप्लाईड मेकानिक्सको कसम।
हो, त्यसै दिनदेखि हो तिमी कुशलता न्यौपाने र म MP careless साथी बनेका थियौं।
तिमी र म साथी नबन्न पनि त सक्थौं।
तिमी पढाइले अब्बल। अहिले स्थानीय पूर्वाधार विभागमा इन्जिनियर भएर काम गर्दैछौ। मेरो पढाई कस्तो थियो तिमीलाई थाहा छ है? तिमीलाई यति खेर लाग्नसक्छ- 'यो कुरा अरु कसैलाई नभन्नु ल।' भनेर यो पत्र लेख्यो होला। मैले इन्जिनियरको कामै छोडिसकेँ, मलाई अब बाल छैन। त्यसका लागि पत्र लेखेको हैन है।
तिमी पुल्चोक क्याम्पसकी छात्रा तर्फबाट प्रथम हुने। मैले र लालबहादुरले आजसम्म थाहा पाएका छैनौँ, हामी के हुन्थौ। तर पनि तिमी र म साथी भयौँ नि ? लालबहादुर हैन है। त्यो मेरो साथी हो, त्यस लोभीको कुरा योभन्दा धेरै त म यहाँ पनि गर्दैन।
हामी साथी बन्यौं, अक्षरहरुका कारण। हामीलाई कविता र गजलले साथी बनायो। धन्यवाद गजल र कवितालाई।
तिमी साथीको विचारको सम्मान गर्ने मान्छे हौ।
पानी परेको कुनै दिउँसो मैले तिम्रा कविता कुनै चिया पसलमा बसेर सुनेको छु। घाम लागेको कुनै दिन तिमीले मेरा गजल घाम ताप्दै दुबोमा सुनेकी छौ।
हरेक शनिबार जहाँ हाम्रो पहिलो भेट भएको थियो, त्यहाँ हामी सबैका रचना सुन्न पुग्थौं। हाम्रा रचना सुनाउथौं
तिमी एक कवि पनि हौ। तिमी असल कविता लेख्थौ। खै अचेल केगर्छौ? कविता लेख्नेको मन असल हुन्छ। मलाई तिमी असल मन कि मान्छे हौ भन्ने लाग्छ।
साथी कुशलता तिमीले मेरा गजल राम्रा छन् भन्दाभन्दै यो पनि भन्न थाल्यौ, ‘तेरो पढाई नराम्रो भो।’ तिमीले धेरै पल्ट भन्यौ, अहिले छोडिदेउ लेख्न। पहिले इन्जिनियर बन। पछि लेख्लास्।’
त्यसो भन्दाभन्दै तिमीले जेठी दिदीले झैँ गरी कान समाउँदै बसाएर पढाउन थाल्याै structure, fluid, hydrolics। साँच्चै त्योबेला class हापेर भागेको म गजलकारलाई कम्ता गाह्रो हुन्थेन। गजलकार बन्न हिँडेको मेरा लागि तिमी इन्जिनियरिङकी उस्दात बनेर निस्किन्थौ र म सागिर्द बन्थे।
साँच्चै मलाई पढ्नु नै थिएन इन्जिनियरिङ। मलाई बन्नु नै थिएन इन्जिनियर। तर तिमी जस्ता केही साथीले पढाई छाड्यौ इन्जिनियरिङ र बनाई छाड्यौ इन्जिनियर। धन्यवाद है, तिमी मान्छेको अप्ठ्यारो पनि बुझ्दछौ।
इन्जिनियरिङ पनि कम्ता राम्रो छैन यार। म खुशी नै छु, बेलाबेला लाग्छ म यहिँ आउन चाहन्थेँ। यस्तो लाग्दालाग्दै मलाई हैन, म यस्तो बन्न चाहन्थेनँ, लाग्न थाल्यो र तिम्रो classmate पछिल्लो ६ महिनादेखि बेरोजगार बसेको छ।
अस्ति कथाकार केशव राज ज्ञावलीको बुक बिमोचनका दिन तिमीले मलाई अरु सङ चिनाउँदा लेख्नका लागि जागिर छोडेको छ भनेर चिनायौ। हुन पनि मैले पनि तिमीलाई त्यही भनेको थिएँ। जागिर छोड्नुको कारण लेख्नका लागि मात्रै होइन है। कहिँ आफ्नै हक हितलाई तल-तल परेको देखे जस्तो लागेको पनि हो।
आश छ, अरु इन्जिनियरलाई त्यसो नलागोस्। जागिर छोडेर काठमाडौं फर्केर जब तिमीसँग भेट भएको थियो, तिमीले चिया पिउँदै भनेकी थियौ।
- के राइटरको यत्रो स्कोप छ र इन्जिनियर बराबरकै?
- मेरो उत्तर थियो- स्कोप हैन रहर बढी अक्षरको।
उसो भए ठिक छ।
मैले भने त केशव राज ज्ञावलीको किताब बिमोचका दिन तिमी मेरो परिचय लेखक भनेर गराइरहेकी थियौ। तिमी त्यो पहिलो साथी हौ, जसले मेरो विचारलाई तत्काल समर्थन गरेकी थियौ। तिमीमा अरुको विचारलाई समर्थन गर्ने गुण छ।
यसरी तिमी साथी, त्यसपछि दिदी, त्यसपछि गुरुमा र त्यसपछि मेरी अध्यक्ष बन्न पुगेकी थियौ।
ईन्सास साहित्य समाज (ईन्सास) कि अध्यक्ष बन्यौ। इन्जिनियरिङ पढिरहेको, साहित्य लेखिरहेका हाम्रा लागि तिमीले गज्जब कार्यक्रम गर्याै।
देशका प्रतिष्ठित लेखकलाई ईन्सासको मन्चमा उभ्यायौ। तिम्रै कार्यकालमा ईन्सासले पहिलो चोटी नाटक गर्याे। नाटक देखायो सर्बनाम थिटरमा। गज्जब चल्यो नि है त्यो "भुमरी" नामको नाटक।
तिमी एक कुशल नेतृत्व गर्ने सक्ने मान्छे पनि हौ। त्यसैले त त्यस नाटकको सप्पै जिम्मा कपोल कल्पितलाई दियौ। कपोलमा निर्देशन गर्न सक्ने खुबी थियो। त्यो पनि मै जस्तो इन्जिनियर पो भइ बसेको छ कि ? रहर थाती राखी बाचिरहेको इन्जिनियर।
अनि ईन्सास मन्झरी ईन्सासको मुख पत्रको रचना संकलनको जिम्मा मलाई दियौ। मैले त्यो काम ठिकै गरेको थिए। आज पनि मलाई यस्तो लाग्छ, अध्यक्ष ज्यू।
यसै बिचमा मैले सुनेँ, नेबिसंघ पुल्चोक ईकाई उपाध्यक्ष तिमी भयौ भनेर। मलाई त्यस दिन तिमीदेखि खुब रिस उठेको थियो। कस्तो राम्रो कविता लेखिरहेको मान्छे किन गर्न पर्या राजनीति भनेर ? मेरो त्यो रिस पनि त्यसै मर्याे। तिमीले आफ्नो राजनीति जारी राख्यौ।
उसो त तिमी pulchowk hostel main prefect पनि थियौ। तिमी भन्थौ- स्कुल पढ्दा पनि तिमी Rupandehi Students Council ko संस्थापक उपाध्यक्ष भैसकेकी मान्छे हौ। यसरी नेतृत्व गर्दागर्दै ने.ई.एसम्म आइपुगेकी छौ। उसो त तिमीलाई थाहा नै छ। नेतृत्वले कसरी समस्या समाधान गर्नुपर्छ भन्ने। म आश गर्छु, अब उपरान्त पनि त्यो जारी रहने छ।
इन्जिनियर पास आउट भएको वर्षदेखि नै तिमी भन्न थालेकी थियौ। पास आउट हुँदा त हामीसँग सैद्धान्तिक ज्ञान मात्रै हुन्छ। पास आउट भएका इन्जिनियरका लागि टेर्निङ र इन्टर्न पनि हुनुपर्ने होइन र ? हो साथी कुशलता आजसम्म पनि छैनन्।
तिमी यो पनि भन्थौ, इन्जिनियरहरु अप्ठ्यारो अप्ठ्यारो परिस्थितिमा काम गरिरहेका छन्। हो, कुशलता उनीहरु एकदम अप्ठ्यारो ठाउँमा काम गरिरहेका छन्। हामीले सोचेभन्दा पनि अप्ठ्यारो।
कहाँसम्म भने साथी, जब तिमी DLPIU Kathmandu मा सम्मानको जागिरी गरिरहेको बेला म काठमाडौंमा सात हजारको जागिर गरिरहेको थिए। प्राइभेट तिर यस्तैयस्तै जागिर अचेल पनि पाइराखेकै छन्। म विज्ञापन देख्छु।
उनीहरुलाई केही खुल्ला, केही स्वतन्त्र महसुस गराउने जिम्मेवारी तिम्रो काँधमा आओस्, यहि कामना गर्दछु।
तिमी मनमा लागेको कुरा स्पष्ट भन्ने मान्छे हौ। ने.ई.ए मा पुगेपछि यी कुरा पनि स्पष्ट राख्न सक्छौ भन्ने आश छ। त्यसैले तिम्रो जितको कामना पनि गर्दछु।
त्योभन्दा तिमी मेहनत गर्ने मान्छे हौ। केहिले काहीँ फोनमा कुरा हुँदा भन्ने गर्थौ- नानीलाई बाबा मम्मीसँग छोडेका छौ। धेरै जसो आफ्नो छोरीकै कुरा गर्थौ। तिमी एक आमासँगै एक कुशल राष्ट्रसेवक कर्मचारी पनि हौ। साथी तिमी समय मिलाउन पनि जान्दछौ।
ने.ई.ए पनि इन्जिनियरहरुको आमा संगठन हो। उसलाई पनि लाग्नै पर्छ। इन्जिनियरको सुरक्षा र स्वतन्त्रताबारे उ पनि चिन्तित हुन जरुरी छ।
तिमी जस्तो एक आत्म विश्वासी, कुशल, निर्भिक, सहयोगी र मेहेनती मान्छेको विजयको कामना म गर्दछु।
तिम्रो उही साथी, भाइ, सागृद र महासचिव
- MP careless.
नोट- आफ्नो हक हितका लागि ने.ई.ए मा असल उम्मेदवारलाई जिताउ।