सिरियामा विद्युतीय धरापमा पारेर १३ सैनिकको हत्या

File Photo
File Photo

सिरियामा विद्युतीय धरापमा पारेर यहाँका कम्तीमा पनि १३ जना सैनिकको हत्या गरिएको बताइएको छ। सिरियाली सैनिक सबार बस यहाँको मध्य प्रान्तीय प्रदेश होम्स सहरमा विद्युतीय धरापमा पारिएको थियो।

बस विद्युतीय धरापमा परेपछि त्यस बसमा रहेका १३ जना सैनिकको घटनास्थलमै ज्यान गएको बताइएको छ। त्यस दुर्घटनामा परेर अरु कम्तीमा पनि १८ जना सैनिक घाइते भएका छन्।घाइतेको अवस्था निकै गम्भीर रहेको पनि बताइएको छ।

सो हमला कसले र किन गरेको हो भन्ने बारेमा केही खुलेको छैन। प्रहरीले यस विषयमा अनुसन्धान थालिएको जनाएको छ। पछिल्लो समयमा यहाँ सुरक्षाकर्मीमाथि नै आतंककारीहरुले हमला गर्ने क्रम नरोकिएको बताइएको छ।  

प्रकाशित मिति: : 2022-03-07 13:05:00

प्रतिकृया दिनुहोस्