युक्रेन संकट : मोदी र जेलेन्स्कीबीच टेलिफोन वार्ताकाे तयारी

बिएल संवाददाता

नयाँ दिल्ली
Photo: Agency
Photo: Agency

प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन्। युक्रेन संकटबारे राष्ट्रपति जेलेन्स्कीसँग मोदीले छलफल गर्ने भएका हुन्। 

युक्रेनमा रुसले हमला गरेपछि पछिल्लो पटक प्रधानमन्त्री मोदीसँग २६ फेब्रुबरीमा जेलेन्स्कीसँग वार्ता गरेका थिए। सो वार्तापछि रुसी हमलाबारे राष्ट्रसंघको सुरक्षा परिषदमा भएको निन्दा प्रस्तावमा भारत तटस्थ बसेको थियो। 

युद्धग्रस्त युक्रेनमा फसेका आफ्ना सयौँ विद्यार्थीलाई भारतले उद्दार गर्ने प्रयास गरिरहेका बेला सोमबार दुई नेताबीच वार्ता हुन लागेको हो। 

युक्रेनी सहर सुमीमा रहेको मेडिकल कलेजको होस्टेलमा फसेका विद्यार्थीहरूलाई हिजो भारतीय दूतावासले ‘छोटो सूचनामा छोड्न’ भनेको थियो। विद्यार्थीहरुलाई सुरक्षित ढंगले उद्दारको संयोजन गर्न पोल्ताभामा अधिकारीहरुको समूह तैनाथ गरिएको छ। 

युद्धग्रस्त क्षेत्रबाट विद्यार्थीहरुको उद्दार अधिकारीहरुका लागि चुनौतीपूर्ण मानिएको छ। चिसोका कारण उद्धारमा कठिनाइ भएको बताइएको छ। केही विद्यार्थीले जोखिम मोलेर रुसी सीमामा पुग्ने निर्णय गरेको भिडियो सेयर गरेका छन्। तर, सरकारले उनीहरुलाई अनावश्यक जोखिम नमोल्न सुझाएको छ।

आफ्ना ७०० विद्यार्थीलाई युद्ध प्रभावित क्षेत्रबाट खाली गर्नका लागि उत्तरपूर्वी युक्रेनी सहरमा युद्धबिराम गर्न भारतले युक्रेन र रुसलाई अनुरोध गरेको छ। फेब्रुवरीको अन्त्यतिर रुसी सेनले युक्रेनमा अतिक्रमण गरेपछि उनीहरु त्यहाँ फसेका थिए। 

प्रकाशित मिति: : 2022-03-07 10:25:00

प्रतिकृया दिनुहोस्