सुनको मूल्य एक लाख रुपैयाँ नजिक

File photo
File photo

सुनको भाउ बुधबार प्रतितोलामा एक हजार ९०० रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ।  मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
 
यसैगरी बुधबार तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ।  चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँको दरले बढेको छ। मंगलबार एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ३७५ रुपैयाँ निर्धारण भएको छ।

प्रकाशित मिति: : 2022-03-02 11:11:00

प्रतिकृया दिनुहोस्