सुनकाे मूल्य ताेलामा पाँच सयले घट्याे

नेपाली बजारमा बुधबार सुनकाे भाउ घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, बुधबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ। मंगलबार एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय २० रुपैयाँ कायम भएकाे महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2022-02-23 11:02:00

प्रतिकृया दिनुहोस्