अष्ट्रेलिया दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुला

photo: travelweekly-asia.com
photo: travelweekly-asia.com

अष्ट्रेलियायाले दुई वर्षपछि पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ। कोरोनाभाइरस विरुद्ध पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अष्ट्रेलियायाले प्रवेश दिने भएको हो।

कोभिडको कारण देखाउँदै सन् २०२० को मार्चमा बन्द गरेपछि देशमा यात्रासम्बन्धी कडा प्रतिबन्ध लगाइएको थियो। अष्ट्रेलियालीहरू र अरू केहीलाई गत वर्षको अन्त्यबाट फर्कन अनुमति दिइएको थियो। तर, अधिकांश विदेशी फर्किन पाएका थिएनन्।

सयाैं मानिस उडानमार्फत आउन थालेपछि सिड्नी विमानस्थलमा सोमबार मानिसहरुको भावपूर्ण पुनर्मिलन भएको थियो। सोमवार साँझसम्म अष्ट्रेलियायामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अनुमान गरिएको छ। 

‘सरकारले अष्ट्रेलियायालीहरूको स्वास्थ्यलाई सुरक्षित राख्दै आर्थिक सुधारलाई सुनिश्चित गर्नेछ,’ सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नयाँ व्यवस्था अनुसार खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारेन्टिनमा बस्नुपर्ने छैन्। तर, खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ। उनीहरु वेस्टर्न अष्ट्रेलियायाबाहेकसबै राज्यमा आवत जावत गर्न पाउनेछन्। 

अन्तर्राष्ट्रिय यात्रुहरूलाई अष्ट्रेलियायाले प्रवेशको अनुमतिसँगै पर्यटकहरुको प्रबाह बढ्ने विश्वास गरिएको छ। सन् २०१९ मा अष्ट्रेलियायामा झन्डै ९५ लाख विदेशी पर्यटकले अष्ट्रेलियायाको भ्रमण गरेका थिए।

अष्ट्रेलियायामा कोभिडका कारण अहिलेसम्म करिब ४,९०० जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2022-02-21 10:25:00

प्रतिकृया दिनुहोस्