बिल गेट्स पाकिस्तानमा

बिएल संवाददाता

इस्लामावाद
File Photo
File Photo

बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुगेका थिए। उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगे र यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गरे।

उनले बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरे।  त्यस क्रममा उनले पोलियो उन्मुलनका विषयमा कुराकानी गरेको बताए। पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनीहरुका बीचमा भएको भेटका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले पाकिस्तानमा पोलियो उन्मूलनका लागि बिल एण्ड मेलिण्डा फाउण्डेशले गर्दै आएको निरन्तर सहयोगको प्रसंशा गरेका हुन।

सो फाउण्डेशनले विगत लामो समयदेखि नै पाकिस्तानमा पोलियो रोगको उन्मूलनका क्षेत्रमा काम गर्दै आएको छ।
 

प्रकाशित मिति: : 2022-02-18 11:54:00

प्रतिकृया दिनुहोस्