झन्डै ७२ लाख खर्चेर गाडी किन्दै बागमती सरकार

मन्त्रालय टुक्राएर जम्बो मन्त्रिपरिषद्मा इतिहास बनाएको बागमती प्रदेश सरकारले झन्डै ७२ लाख खर्चे एउटा गाडी किन्ने भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का लागि ७१ लाख ७५ हजारको गाडी किन्न बोलपत्र पनि स्वीकृत भएको छ। अढाइ महिनाअघि  बोलपत्र आह्वान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार बोलपत्र स्वीकृत गरेको हो।

हार्ड टप जीप खरिदको ठेक्का अग्नि इन्कपेरिटेड प्रालि काठमाडौंले पाएको छ। १४ मन्त्रालय रहेको बागमतीमा १८ सदस्यीय मन्त्रिपरिषद् छ। 

प्रकाशित मिति: : 2022-02-14 11:20:00

प्रतिकृया दिनुहोस्