अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या

बिएल संवाददाता

अफगानिस्तान
File Photo
File Photo

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ। पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ।

अफगानिस्तानतर्फबाट आतंककारीहरुले पाकिस्तानी सैनिक पोष्टमा हमला गरेका बताइएको छ। पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानसँगको पाकिस्तानी उत्तरी सिमाना खैबर पाक्थुन्क्वामा सो हमला भएको हो।

पाकिस्तानले आतंकवादीहरुले आफ्ना विरुद्धका लागि अफगानिस्तानको भूमि प्रयोग गरेकामा आपत्ति पनि प्रकट गरेको छ। साथै पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो सीमा क्षेत्रमा भएको हमलामा परी पाकिस्तानी सेनाको तर्फबाट भएको कारबाहीमा ठूलो संख्यामा आतंककारीहरु पनि मारिएको बताइएको छ। 

प्रकाशित मिति: : 2022-02-07 11:28:00

प्रतिकृया दिनुहोस्