भन्सार छलि ल्याएको सुन, मोबाइल तथा ल्यापटप सहित ४ जना पक्राउ

File photo
File photo

नेपाल प्रहरीले भन्सार छलि ल्याएको सुन, मोबाइल तथा ल्यापटप सहित ४ जनालाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका–८ मधुमल्ल वतन भएका ३० वर्षीय पदम बहादुर अधिकारी, सोही गाउँपालिकाका ३० वर्षीय मान सिंह विश्वकर्मा, झापा शिवसताक्षी नगरपालिका–९ मिलनचोकका २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ का ३२ वर्षीय गोकुल डल्लाकोटी रहेका छन्।जजिरा एयरको फ्लाइटद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका पदम बहादुरको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप प्रहरीले बरामद गरेको छ। 

मान सिंह विश्वकर्माको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप प्रहरीले बरामद गरेको जनाएको छ।समिरको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप फेला पारी सोधपुछ गर्दा उक्त सामानहरू भन्सार छलि ल्याउन गोकुलले लगाएको भनि खुल्न आएपश्चात उक्त सामान लिन आएका गोकुललाई समेत  प्रहरीले पक्राउ गरेको हो।उनीहरूलाई बरामद सामानहरू सहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2022-02-06 17:50:00

प्रतिकृया दिनुहोस्