भारतमा थप एक लाख २७ हजार नयाँ सङ्क्रमित

बिएल संवाददाता

नयाँ दिल्ली
Symbolic photo
Symbolic photo

भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार ९५२ जना नयाँ सङ्क्रमित भएका छन्। 

संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ। 

सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा एक हजार ५९ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या पाँच लाख एक हजार ११४ पुगेको छ। 

भारतमा अहिले १३ लाख ३१ हजार ६४८ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। 

पछिल्लो २४ घण्टामा दुई लाख ३० हजार ८१४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। 

एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या झण्डै दोब्बर रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या तिव्र रुपमा घट्दै गइरहेको छ। 

प्रकाशित मिति: : 2022-02-05 16:57:00

प्रतिकृया दिनुहोस्