चीनले अनैतिक कार्य गर्ने १० हजार शिक्षकलालाई निकाल्याे

Photo: Agency
Photo: Agency

चीनले सन् २०२१ मा देशको नियम र नैतिक परिपाटीको उल्लंघन गरेको आरोपमा शैक्षिक संस्थानहरूबाट विदेशीसहित हजारौं शिक्षकहरूलाई निष्कासित गरेको छ।

ग्लोबल टाइम्सकाअनुसार सिआन क्वाजियाङ काङ चियाओ इन्टरनेशनल स्कूलले गत वर्षको डिसेम्बरमा एक विदेशी शिक्षकलाई महामारी रोकथाममा उनको अनुचित व्यक्तिगत व्यवहारको आरोपमा निकालेको थियो।

उनलाई शिक्षकलाई न्यूक्लिक एसिड परीक्षणको क्रममा एन्टि-इपिडेमिकका कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा बर्खास्त गरिएको थियो। जुन चीनको कानूनको उल्लङ्घन हो।

सिआन क्वाजियाङ काङ चियाओ इन्टरनेशनल स्कूलले भनेका थिए,'चीनको देश वा जातको अनादर नगर्नुहोस् वा कानुन र नियमको उल्लंघन नगर्नुहोस्।'

चिनियाँ सञ्चार माध्यमको रिपोर्टअनुसार सन् २०२१ मा शैक्षिक संस्थानहरूबाट झन्डै १०,००० सरकारी शिक्षकहरू निष्कासित भएका छन्।

चिनियाँ सरकार नियंत्रित सञ्चार माध्यमले रिपोर्ट गरेअनुसार शिक्षकहरूको आफ्नै नैतिक समस्याको कारण शैक्षिक पेसाबाट निकै मात्रामा हटाइयो।

प्रकाशित मिति: : 2022-02-04 08:33:00

प्रतिकृया दिनुहोस्