युएईमा नयाँ कानुनः बालबालिकालाई अश्लिल गतिविधिमा लगाए एक लाख जरिवाना, २ वर्ष जेल सजाय

सयुक्त अरब ईमिरेट्स (युएई)ले बालबालीकालाई अश्लिल सामाग्री देखाउने तथा त्यस्तो गतीविधिमा लगाउनेलाई कडा कारवाही गर्ने कानुन ल्याएको छ।

हालै संसोधन भएको कानुनअनुसार बालबालीकालाई अश्लिल गतीविधिमा लगाउने, त्यस्ता सामाग्रीहरु बनाउने तथा प्रशारण गर्ने कार्यलाई निरुत्साहित गर्न प्रचलित कानुनलाई परिमार्जन गरेको हो।

बालबालिकालाई विभिन्न प्रलोभन देखाएर अश्लि सामाग्रीहरु बनाएर इन्टरनेटमा राख्ने जस्ता कार्य गरेको पाईएमा एक लाख दिराम जरिवाना हुने र २ वर्ष जेल सजाय हुने कानुन बनाएको हो।

प्रकाशित मिति: : 2022-02-01 18:05:00

प्रतिकृया दिनुहोस्