दक्षिण अफगानिस्तानमा सडक दुर्घटनामा ८ जना घाइते

बिएल संवाददाता

अफगानिस्तान
File Photo
File Photo

दक्षिणी हेलमान्ड प्रान्तमा विपरीत दिशाबाट आउँदै गरेको अर्को कारसँग कार ठोक्किँदा आठ यात्रु घाइते भएको सरकारी समाचार संस्था बख्तरले मंगलबार जनाएको छ।

हेलमान्डलाई छिमेकी कान्दाहार प्रान्तसँग जोड्ने सडकमा मंगलबार बिहान भएको उक्त दुर्घटनामा आठ जना घाइते भएका र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

घाइते सबैलाई अस्पताल लगिएको छ।

प्रकाशित मिति: : 2022-02-01 15:36:00

प्रतिकृया दिनुहोस्