कामबाट निकालिने डरले साउदीमा एक नेपालीले गरे आत्महत्या 

चार महिनाअघि मात्र साउदी अरेबीया पुगेका सोलुखुम्बुका मनिकुमार विकले कम्पनीबाट निकालिदिने धम्कीपछि आत्महत्या गरेका छन्।

क्लिनीङ कम्पनीमार्फत् साउदी पुगेका विकलाई रेस्टुरेन्टमा काम लगाइएको थियो।

काम गर्दै आएको रेष्टुरेण्टमा केही समस्या आएपछि म्यानेजरले निकाल्ने भन्दै सूचना दिएका थिए। त्यसपछि तनावमा आएका विकले निवासमै आहत्महत्या गरेको बताइएको छ।

उनीसँगै काम गर्दै आएका सुरज विश्वकर्माका अनुसार उनले शनिबार बिहान आत्महत्या गरेका हुन्।

विकको आत्महत्याबारे नेपाली दूतावास रियादमा जानकारी गराइसकेको र मृतककाे शव नेपाल पठाउन छिटो सहयोग गरिदिन दूतावास रियाद तथा एनआरएनए आरसिसीलाई अनुरोध गरेको बताइएको छ।

प्रकाशित मिति: : 2022-01-31 14:14:00

प्रतिकृया दिनुहोस्