भारतमा कोरोना भाइरसबाट दुई लाख सङ्क्रमित

बिएल संवाददाता

नयाँदिल्ली
File Photo
File Photo

भारतमा कोरोनाभाइरसका कारण थप दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख नौ हजार ९१८ नयाँ सङ्क्रमित भएका हुन्।

सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा दुई लाख ६२ हजार ६२८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।यस अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो।मन्त्रालयले १८ लाख ३१ हजार २६८ जना अहिले पनि सङ्क्रमितावस्थामै रहेको जनाएको छ।भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १३ लाख दुई हजार ४४० सङ्क्रमित भएका छन्।पछिल्लो एक दिनमा भारतमा ९५९ जनाको कारोना भाइरसका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। यससँगै कुल मृतकको सङ्ख्या चार लाख ९५ हजार ५० पुगेको छ।

प्रकाशित मिति: : 2022-01-31 13:17:00

प्रतिकृया दिनुहोस्