घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

File Photo
File Photo

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ चार सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबार तेजावी सुनको भाउ तोलाको ९१ हजार सात सय रुपैयाँ निर्धारण भएको छ।

महासंघका अनुसार चाँदीको भाउ पनि घटेको छ। शुक्रबार १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँमा भएको छ।

प्रकाशित मिति: : 2022-01-30 11:58:00

प्रतिकृया दिनुहोस्