थपिए ४ हजार ९०४ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

नेपाल पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जना संक्रमित थपिएका हुन्।

त्यसैगरी कोरोना संक्रमणबाट गत २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने साही  अवधिमा थप ५ हजार ९२४ जना सङ्क्रमणमुक्त भएका छन्।

प्रकाशित मिति: : 2022-01-29 17:11:00

प्रतिकृया दिनुहोस्