के गठबन्धन सरकारले प्रहरीमा ‘कम्फर्टेबल’ आईजीपी खोजेको हो ?

पर्दाफास

काठमाडौँ
Breaknlinks
Breaknlinks

नेपाल प्रहरीमा महानिरीक्षक शैलेश थापा क्षेत्रीपछि रोलक्रममा एआईजी विश्वराज पोखरेल छन् । उनी महानिरीक्षक थापा क्षेत्रीका ब्याची एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही र  प्रद्युम्न कार्कीपछि पहिलो नम्बरमा छन् । यस्तै उनी अर्का एआईजी सहकुुलबहादुर थापा भन्दा करिब आठ महिनाअघि एआईजी बढुवा भएका हुन् । 

एआईजीद्वय पोखरेल र थापा दुवै जना केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला आफ्नै जोडबलमा एकल बढुवा गर्न सफल भएका अधिकारी हुन् । एआईजी पोखरेल रिक्त रहेको स्थानमा बढुवा भए पनि थापाका लागि भने दरबन्दी थपेर बढुवा गरिएको थियो । 

तर, प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणसहित गठबन्धनभित्र यी दुईबाहेक तेस्रो व्यक्तिलाई समेत महानिरीक्षकको प्रतिस्पर्धामा उभ्याउने योजनाका कारण फेरि एकपटक प्रहरी संगठन राजनीतिक दाउपेचको शिकारसँगै आन्तरिक भाइचारामा गम्भीर असर पुुग्ने पूर्वानुमान विश्लेषकसहित पूर्व प्रहरी अधिकारीहरुले गरिरहेका छन् ।  

प्रकाशित मिति: : 2022-01-28 16:49:00

प्रतिकृया दिनुहोस्