उत्तर कोरियाले एक महिनामा गर्‍याे ६ ओटा मिसाइल प्रहार

Photo: Agency
Photo: Agency

उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ। उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो।

योसँगै उत्तरले जनवरीमा मात्र ६ ओटा मिसाईल प्रहार गरेको छ। उसले ५ र ११ जनवरीमा हाइपरसोनिक मिसाईल प्रहार गरेको थियो भने १४ र १७ जनवरीमा व्यालिस्टिक मिसाइल परीक्षण गरेको थियो।

उत्तरले पूर्वी तटको हामहुंग क्षेत्रमा दुई ओटा व्यालिस्थक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ। उत्तरका मिसाइल प्रहारलाई लिएर अमेरिकाले उमाथि बिभिन्न प्रतिबन्ध लगाउँदै आएको छ। तर, उत्तरसँग वार्ता थाल्न कुनै दुबिधा नभएको बाइडेन प्रशासनले जनाएको छ।

उत्तरका आणविक हतियार बन्द गर्ने विषयमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सन् २०१९ मा सम्पन्न वार्ता विनानिस्कर्ष टुंगिएको थियो। आफ्ना आणविक कार्यक्रमलाई निरन्तता दिन अडानबाट किम पछाडि नहटेपछि वार्ता बिना निस्कर्ष टुंगिएको थियो।

आफ्नो रक्षाका लागि मिसाईल परीक्षण गरेको उत्तरले दाबी गर्दै आएको छ। उत्तरका मिसाइल परीक्षणले कोरियाली प्रायद्धीपमा तनाब बढेको छ। तर, उसले विगत पाँच वर्षदेखि आणविक हतियार परीक्षण गरेको छैन्। यद्यपी, कोरियाली प्रायद्धीपमा तनाब बढिरहे पुनः आणविक परीक्षण गर्ने उसले धम्की दिँदै आएको छ।

उत्तर कोरियाले आगामी महिना किम जोङ उनका पिता किम  जोङ इलको ८० औं बार्षिकी मनाउदैछ। 

प्रकाशित मिति: : 2022-01-27 09:26:00

प्रतिकृया दिनुहोस्