चीनको सहयोग लाओस आइपुग्यो

file photo
file photo

चीनले सहयोग गरेको कोभिड–१९ खोपको आठौं समूह  लाओस आइपुगेको र अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ। लाओसका लागि चिनियाँ राजदूत जियाङ जाइदोङले मंगलबार लाओसका प्रधानमन्त्री फान्खाम विपभान्हलाई १५ लाख डोज खोप हस्तान्तरण गर्दै लाओसमा महामारीविरुद्धको काममा सकारात्मक प्रगति भएको बताएका छन्।

खोपहरुको कारण कोभिड १९ संक्रमण उल्लेखनीय रूपमा कम भएको उहाँले बताउनु भएको छ। लाओसमा कोभिड–१९ को प्रकोप भएदेखि चीनले लाओसलाई कोभिड–१९ विरुद्धको खोपको ८९ लाख खोप डोज उपलब्ध गराएको फान्खामले बताए। यसबाट गहिरो मित्रता र बहुमूल्य सहयोगलाई पूर्ण रूपमा झल्काउँने पनि उनले बताएका छन्। लाओसले चीनको सहयोगमा २०२१ मा आफ्नो खोप लक्ष्य पूरा गरेको छ। सन् २०२२ मा आफ्नो देशको ८० प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य रहेको फान्खामले बताएका छन्। लाओस पार्टी, सरकार र जनताको तर्फबाट आफ्नो भावना व्यक्त गर्दै हृदयदेखि चीनलाई धन्यवाद दिन चाहाएको फान्खामले जानकारी दिए। 


 

प्रकाशित मिति: : 2022-01-26 13:15:00

प्रतिकृया दिनुहोस्