जब कृष्णा मामा गोविन्दको बयानले दुःखी भए...

koimoi
koimoi

टीवी इन्डस्ट्रीका चर्चित कलाकारमध्येका एक हुन्–कृष्णा अभिषेक। जो ‘द कपिल शर्मा’ शोबाट मनोरञ्जन दिइरहेका छन्। जसमा उनी फरकफरक अभिनय देखाउने गरेका छन्। 

दर्शकलाई हसाँउने उनी पछिल्लो समय मामा गोविन्दका कारण खूब चर्चामा आएका छन्। उनीहरुबीच भएको झगडाका कारण निकै चर्चा चलिरहेको छ। गोविन्दा र कृष्णाको परिवार एकअर्काको आलोचना गर्देआइरहेको छ।  कृष्णा यसबारे खुलेर बताएका छन्। उनलाई आफ्नो मामाको बयानले चित्त दुखेको बताएका छन्। 

उनले आफ्नो मामाको बारेमा बताउँदै भने, ‘म चाहन्छु कि उहाँले धेरै फिल्म खेलुन र फेरि त्यही स्टारडम प्राप्त गरुन जसमा उहाँ मनोरञ्जन गथे। उहाँ आज पनि सुपरस्टार हुन् उहाँले आफ्नो जीवनमा धेरै प्रगती गरुन।’

गोविन्द र कृष्णाबीच भएको विवादले निकै चर्चा बटुलेको छ। जसमा उनले भनेका छन् कि चर्चाका लागि आफ्नो मामासँग झगडा नगर्ने बताएका छन्। विवादले उनीलगायत परिवारका लागि समेत हानी पुर्याउने बताएका छन्। 

उनका अनुसार ‘मेरो र मामाको झगडाले हामीलाई मात्र होइन परिवारलाई पनि असर गर्छ। कहिलेकाहीँ कुराहरु बढेर जान्छ, म मार्दछु कि उहाँको केही बयानले मलाई निकै दुख लाग्यो र रिस पनि उठ्यो। जब मैले उहाँलाई जवाफ दिए तब खबर फैलियो र नराम्रो भयो। म उहाँको छोरा जस्तै हुँ, हामीबीच जतिसुकै झगडा भएपनि एउटै परिवार हौ।’ 

प्रकाशित मिति: : 2022-01-26 12:12:00

प्रतिकृया दिनुहोस्