म्यान्मारमा भेटियो ओमिक्रोन, भारतसँगकाे सीमा एकसाता बन्द

Photo :PTI
Photo :PTI

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन म्यान्मार पनि भेटिएको छ। सयभन्दा बढी म्यान्मालीहरूमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको हो।

लगतै, म्यान्मार–भारत सरकारले मंगलबार दिउँसो १२ बजेदेखि काले–तमु सीमा व्यापार गेट बन्द गरेको स्थानीयले बताएका छन्।

काेराेना बढेपछि एक साताका लागि सीमा बन्द गरिएको छ। 'एकसय भन्दा बढी संक्रमित भेटिएपछि सीमा नाका  बन्द गर्‍याैँ। व्यापार पनि बन्द गरिएकाे,' तमुनगरका एक अधिकारीले भने।

म्यान्मारकाे पछिल्लाे अवस्था विश्लेषण गरेर म्यान्मार–भारत सीमा बन्द गर्ने दिन लम्ब्याउन सक्नेसमेत बताएका छन्।

काले–तमु सीमापार व्यापारका लागि मुख्य नाका मानिन्छ। यहि नाका हुँदै भारततर्फ सुपारी र फलफूललगायत वस्तुभाउ निर्यात हुने गर्दछ। यसक्षेत्रमा अहिले व्यापार सून्य छ।

भारतको करिब १० प्रतिशत कपडा र सामान म्यान्मारमा आयात गरिन्छ। कालेम्यो-टमू नाका गेट भारतीय पक्षका लागि गत मार्च १० मा बन्द गरिएको थियो। र, नोभेम्बर २०२१ मा पुनः खोलियाे।

काेराेनाअघि म्यान्मार–भारत सीमा व्यापार एक वर्षमा करिब १०० मिलियन अमेरिकी डलर थियो। सन् २०१९–२०२० आर्थिक वर्षमा तमु सीमा व्यापार ४२.१७४ मिलियन अमेरिकी डलर रहेको वाणिज्य मन्त्रालयले जनाएको छ।

 

 

प्रकाशित मिति: : 2022-01-26 09:54:00

प्रतिकृया दिनुहोस्