हैटीमा भूकम्पः दुई जनाको मृत्यु, २ सय घर ध्वस्त

बिएल संवाददाता

पोर्ट अउ प्रिन्स
file photo
file photo

दक्षिण पश्चिम हैटीमा भूकम्प जाँद कम्तिमा दुई जनाको मृत्यु भएको छ। ५ दशमलब ३ म्याग्निच्युडको सो भूकम्पपछि २०० घर भत्किनुका साथै केही मानिस घाईते भएका छन्। भूकम्पपछि परकम्पहरु आइरहेका छन्।

राजधानी पोर्ट अउ प्रिन्सबाट १३० किलोमिट पश्चिममा रहेको एउटा सानो तटीय सहरमा दुई जनाको मृत्यु भएको छ।

भूकम्पको केन्द्र बिन्दु रहेको निपिज जिल्लामा २०० घर ध्वस्त भएका छन भने ६०० घर तथा टहरमा क्षति पुगेको छ। भूकम्पमा घाईते ५० जनाको उद्दार गरिएको छ।

अगस्टमा ७ दशमलब २ म्याग्निच्युडको भूकम्प जाँदा दुई हजार २०० जनाको मृत्यु भएको थियो भने हजारौं घर भत्किएका थिए। त्यस्तै सन् २०१० मा गएको अर्को शक्तिशाली भूकम्पमा दुई लाख भन्दाबढीको मृत्यु भएको थियो। 
 

प्रकाशित मिति: : 2022-01-25 09:18:00

प्रतिकृया दिनुहोस्