अनुप योञ्जनको 'आत्मा' स्पिरिटको पोस्टर तथा टेलर सार्वजनिक

पिस ल्याम्प इन्टरटेन्मेन्टको ब्यानर तथा प्रस्तुतीमा निर्माण भएको नेपाली छोटो चलचित्र 'आत्मा' स्पिरिटको पोस्टर तथा टेलर आज सार्वजनिक गरिएको छ।

अनुप योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा उज्जल बल तामाङ र सुमन बिकले छायंकन गरेका हुन भने सम्पादन पनि उज्जल बल तामाङ्गको रहेको छ प्रज्वल अधिकारी, सोदिप थापा मगर, अजय थूलुङ, गम्बो लामा, अजय रायमाझी यस चलचित्रका मुख्य कलाकार हुन्।

विशेष गरि अहिलेका युवा पुस्ताहरुमा देखिएको परिवर्तन र बिकृतिलाई चलचित्रको कथालाई केन्द्रित गरि करिब् १५ मिनेट समयको चलचित्र निर्माण गरिएको निर्देशक योञ्जन बताउँछन्।

चलचित्र आउदो माघ १३ गते बिहीवार पिएल टिभिको अफिसियल युट्युब च्यानल बाट प्रसारण हुने छोटो चलचित्रका सहायक निर्देशक गम्बो लामाले बताए।

प्रकाशित मिति: : 2022-01-24 16:31:00

प्रतिकृया दिनुहोस्