अफगानिस्तानमा सार्वजनिक भ्यानमा बिस्फोट हुँदा ७ जनाको मृत्यु

Tolonews

अफगानस्तिाको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा साता जनाको मृत्यु भएको छ।

शनिबार साँझ भएको सो बिस्फोटमा अन्य सात जना घाईते भएका छन्। घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेको हेरातका गुप्तचर अधिकारीहरुले बताएका छन्। 

एउटा भ्यानको इन्धन राख्ने ट्यांकीमा बिस्फोट गराइएको थियो। आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन्।

सार्वजनिक यातायात सेवाका लागि प्रयोग हुने एउटा सानो भ्यानमा बिस्फोट गराइएको थियो। मृत्यु हुनेमा चार जना महिला रहेको हेरात प्रान्तीय अस्तपालका एक अधिकारीले बताएका छन्। 

बिस्फोटको जिम्मा कुनै पनि समूहले लिएको छैन्।

प्रकाशित मिति: : 2022-01-23 08:58:00

प्रतिकृया दिनुहोस्